mental
______मानसिक रोगी म______
.
मानसिक रोगी म,
लाग्छ आज म जलिरहेछु
चितामा लाश बनि दन्दनी
घिउ र दाउराको रापमा
कोइला सरि बलिरहेछु !!
.
मानसिक रोगी म,
लाग्छ आज म जलिरहेछु
चितामा लाश बनि दन्दनी
घिउ र दाउराको रापमा
कोइला सरि बलिरहेछु !!
म दिनको अन्त्य संगै
आफ्नो अन्त्यको कल्पना गर्छु
म आफ्नै संसारमा अहोरात्र
पानीमा डुबेझै डुबेर मरेको
आभास गर्छु !!
आफ्नो अन्त्यको कल्पना गर्छु
म आफ्नै संसारमा अहोरात्र
पानीमा डुबेझै डुबेर मरेको
आभास गर्छु !!
म यो संसारमा जिउन छोडिसकेॅ
मेरो मस्तिस्क येति घोरिएछ की
म मेरो भावनालाई
आफ्नो बसमा गर्न छोडिसकेॅ !!
मेरो मस्तिस्क येति घोरिएछ की
म मेरो भावनालाई
आफ्नो बसमा गर्न छोडिसकेॅ !!
म यो कवितामा स्वार्थ
देखाउन चाहदैन
म मेरो जस्तो मानसिक
रोगिको बेय्था सुनाउदै छु
नडराउनुहोस् मौसुफ
म फेरी पागल बनि
ब्रह्माण्ड घुमाउदैन !!
देखाउन चाहदैन
म मेरो जस्तो मानसिक
रोगिको बेय्था सुनाउदै छु
नडराउनुहोस् मौसुफ
म फेरी पागल बनि
ब्रह्माण्ड घुमाउदैन !!
हो, हो, म पागल हुॅ
जोगी बनि हिन्न मात्र बाकीॅ छ
ढोंगीहरुको यो बजारमा
सेतो जनै र पहेंलो कपडा
किन्न मात्र बाकीॅ छ !!
जोगी बनि हिन्न मात्र बाकीॅ छ
ढोंगीहरुको यो बजारमा
सेतो जनै र पहेंलो कपडा
किन्न मात्र बाकीॅ छ !!
मेरो कुरा यो
संसारिक भन्दा माथि छ
म आफ्नो मृत्यु पछिको
संसारको कल्पनामा
डुब्न मात्र बाकीॅ छ !!
संसारिक भन्दा माथि छ
म आफ्नो मृत्यु पछिको
संसारको कल्पनामा
डुब्न मात्र बाकीॅ छ !!
म यो देख्छु कि
मेरो वरिपरिका मलामीले
लाशलाई जलाउ
भन्न मात्र बाकीॅ छ !!
मेरो वरिपरिका मलामीले
लाशलाई जलाउ
भन्न मात्र बाकीॅ छ !!
संसार येतिकै चलिरहेछ
जसरि सुर्यमा आगो बलिरहेछ
म आफ्नो सोचमा येति दुबेछुकि
अणु देखि ब्रह्माण्डको कुराले
मेरो मस्तिस्क यो
यस अवस्थामा जलिरहेछ !!
जसरि सुर्यमा आगो बलिरहेछ
म आफ्नो सोचमा येति दुबेछुकि
अणु देखि ब्रह्माण्डको कुराले
मेरो मस्तिस्क यो
यस अवस्थामा जलिरहेछ !!
-स्वागत गैरे
Comments
Post a Comment