Posts

Showing posts from July, 2016

HAIKU

तात्तातो चिया एक सर्को चुरोट  ढल्केको साँझ  ‪#‎ हाइकु‬

YOU ; I love YOU !

फुलबारीकि पुतली हौ तिमी म घाँसे मैदानको फटयांग्रा ! सिसाको उज्यालो गुच्छा हौ तिमी म माटोको अध्यरो मट्याङ्रा !! बगैंचाकि फुल हौ तिमी म गोडेर फालिने झार ! सबैको प्यारो गुलाफ हौ तिमी म बिझाउने काँडे तार!! पुतली न हौ बत्तीमा झुमिन्छौ म फट्याङ्रा खाँदै हिन्छु झार ! माकुरो र छेपारो तिम्रा दुश्मन फरक यति, भ्यागुतो मेरो काल !! ‪#‎ समर्पित‬

DRUNK STUDENT

यो सुनसान रातमा एक्लो भाको छु !  जीवनमा हण्डर खाको छु ! सबैको हेलाको पात्र भाको छु ! मायामा मैले धोखा पाको छु ! परिक्षामा फेल भाको छु ! मित्रतामा घात पाको छु ! जीवनको लडाईमा हार खाको छु ! तेसैले त आज मैले रक्सि खाको छु !

Words of tragedy !

वोर्ड्स ओफ त्र्यजिडि (भोड्काको मातमा सिर्जित) के गर्ने आमा बाबुको आउछ याद पढ्न आको छोरो बिग्रियो भन्लान  प्रियेसीले नि छोडेपछि सबै इस्टले नाता तोडेपछि दुखि यो मनको बह पोखे पछि भोड़का र डिउ अनि सेकुवाको साथ अनि दाजुभाइको जमात दिदै छ एक फुलले मात प्रियेसीको याद अनि फेरी येही प्यारो भोड्काको चुस्कीको साथ म भविस्यको इन्जिनियर तैपनि कलम र कबिताको साथ मस्त छु आज लागेछ भोड्काको मात !!

mental

______मानसिक रोगी म______ . मानसिक रोगी म, लाग्छ आज म जलिरहेछु चितामा लाश बनि दन्दनी  घिउ र दाउराको रापमा कोइला सरि बलिरहेछु !! म दिनको अन्त्य संगै आफ्नो अन्त्यको कल्पना गर्छु म आफ्नै संसारमा अहोरात्र पानीमा डुबेझै डुबेर मरेको आभास गर्छु !! म यो संसारमा जिउन छोडिसकेॅ मेरो मस्तिस्क येति घोरिएछ की म मेरो भावनालाई आफ्नो बसमा गर्न छोडिसकेॅ !! म यो कवितामा स्वार्थ देखाउन चाहदैन म मेरो जस्तो मानसिक रोगिको बेय्था सुनाउदै छु नडराउनुहोस् मौसुफ म फेरी पागल बनि ब्रह्माण्ड घुमाउदैन !! हो, हो, म पागल हुॅ जोगी बनि हिन्न मात्र बाकीॅ छ ढोंगीहरुको यो बजारमा सेतो जनै र पहेंलो कपडा किन्न मात्र बाकीॅ छ !! मेरो कुरा यो संसारिक भन्दा माथि छ म आफ्नो मृत्यु पछिको संसारको कल्पनामा डुब्न मात्र बाकीॅ छ !! म यो देख्छु कि मेरो वरिपरिका मलामीले लाशलाई जलाउ भन्न मात्र बाकीॅ छ !! संसार येतिकै चलिरहेछ जसरि सुर्यमा आगो बलिरहेछ म आफ्नो सोचमा येति दुबेछुकि अणु देखि ब्रह्माण्डको कुराले मेरो मस्तिस्क यो यस अवस्थामा जलिरहेछ !! -स्वागत गैरे
360 & 180 image spherical mirror focus point focal length light source jaha taile j dekhxas - brain i am making an eye  man i'm high, again  !!