.....(हाम्रो शैछिक प्रणालि).....

our education system (Nepal)


अज्ञानले भरिएको उ 
ज्ञान भर्न गुरु लगिदिए ! 
भुत भाबिस्यत वर्तमान
नाना थरि पढाई दिए !!
.
कापी, कलम र किताब 
भारी झोला थमाइदिए !
क कमल, ख खरायो 
बिचारोलाई रटाइदिए !!
.
ज्ञानविज्ञानका के कुरा 
कार्टुनले भुलाइदिए !
पृथ्वी गोलो छ भनि 
सोच्दैमा उसलाई झुलाइदिए !!
.
कांचो उसको सानो दिमाग
सोडा हाली फ़ुलाइदिए !
बजारमा सर्बत्र उपलब्ध
चाउचाउ उसलाई खुलाइदिए !! 
.
प्रचारका के कुरा
पैसा रुखमा फ़लाइदिये !
बिचारोलाई के थाहा 
खाडी मुलमा पठाइदिए !!
.
सारा गरि देखाउने थियो 
खेल जीवनको, खेलाइदिये ! 
गर्नुपर्ने उसले खोज 
ब्यर्थतामा भुलाइदिए !!

Comments

Popular posts from this blog

STEGANOGRAPHY

WHAT REALLY HAPPENS WHEN WE ARE ABOUT TO DIE?

YOU ; I love YOU !